+
+
Shares

परदेशीका शवको लस्करले त्रिभुवन विमानस्थलमा सन्नाटा

आर्यन धिमाल आर्यन धिमाल
२०७७ माघ १० गते २०:४०

१० माघ, काठमाडौं । मलेसियाबाट नेत्रप्रसाद भट्टराईले परिवारसँग बाचा गरेका थिए ‘यो माघमा त जसरी पनि घर आउँछु ।’ सन् २०१२मा रोजगारीका लागि मलेसिया भासिएका झापाका भट्टराईको सपना पुरा हुन पाएन, खुसीयाली लिएर फर्किने बाचा गरेका भट्टराईको शनिबार मृत शरीर मात्रै स्वदेश फर्कियो । साथीहरुसँग बेलुका सँगै खाना खाएर सुतेका भट्टराई बिहान उठ्दा जीवित थिएनन् ।

५ वर्ष इराक बसेर फर्किएका भट्टराई ६ महिना अफगानिस्तान पनि बसेका थिए । तर, आफूले भनेजस्तो नभएपछि उनले जोखिम नमोली मलेसिया जाने निधो गरेका थिए । उनले ५/६ वर्षको उमेर छाडेर गएका दुई छोराहरु १३ र १४ वर्षका भइसके । घरमा बुबा कुरिरहेका छोराहरु मात्रै हैन, श्रीमति धनमायाको पनि सपरिवार सँगै रमाउने सपना चकनाचुर भएको छ ।

ताप्लेजुङबाट झापा झरहेको यो परिवारलाई अब सुखका दिन आलाउन् भन्ने थियो । तर नेत्रप्रसादले विदेशी भूमिकै देश त्याग गर्नुपर्‍यो भने खेती किसानी गरेर घर ब्यवहार धानिरहेकी धनमायामाथि झन जिम्मेवारी थपिन पुग्यो ।

नेत्रको शव बुझ्न आएका शिव भट्टराई सरकारले देशभित्र रोजगारीको अवसर दिलाउन नसक्दा थुप्रै युवाहरुलाई विदेशी भूमिमा मर्नुपर्ने बाध्यता आइलागेको भन्दै दुखेसो व्यक्त गरे । ‘परिवारलाई सुख दिलाउन विदशेमै पुग्नुपर्ने अवस्था अन्त्य गर्न किन कोही पनि जिम्मेवार भएर लँगदैन?’ उनी भन्छन्,’हामी नेपालीले कति कतिन्जेल यस्तो दुःख पीडा यस्तो सहने ?’ शनिबार मलेसियाबाट नेत्रप्रसादसहित १८ जनाको शव र एक जनाको अस्तु काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगको छ । थुप्रै शव एकैपटक आउँदा विमानस्थल क्षेत्र विहान भावबिह्वल र चकमन्न बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।

मलेसियाको क्वालालाम्पुरबाट शनिबार नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० जहाजबाट १८ वटा शव नेपाल ल्याइएको हो । मलेसियमा सदगत गरिएका एक जनाको अस्तु पनि आएको छ । बहराइनबाट पनि एकजनाको शव आजै आउने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बबताए ।

मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिने समस्या नेपाल ल्याउनुपर्ने शवहरु उतै अडि्कएका थिए ।

आएका शवहरूलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क घर वा आफन्तले सद्गत गर्ने स्थानसम्म पुर्‍याउनेछ । केही परिवारले शव ढुवानीका लागि बोर्डमा निवेदन दिएका छन् भने केही परिवार काठमाडौं आउन बाँकी छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?