+
+
Shares

प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु : पौडेल

हरि अधिकारी हरि अधिकारी
२०७७ माघ १० गते २०:४२

१० माघ, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताएका छन् ।

असंवैधानिक रुपमा संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहँदा पार्टी सभापति शेरबहादुर देउवा अदालतलाई केही भन्नु हुन्न भनेर बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

शनिबार विराटनगरमा भएको ददिराज सुवेदी पुरस्कार प्रतिष्ठानको कार्यक्रममा वरिष्ठ नेता पौडेलले ‘यो देशमा म एउटा मानिस खोजीरहेछ’ भन्ने गीत सम्झिए । ‘मलाई भन्न मन लाग्छ यो देशमा म त्यस्ता मानिस खोजिरहेछु, जसले मातृभूमिको माया गरुन । यो देशमा म त्यस्ता नेताहरु खोजिरहेछु, जसले स्वार्थबाट माथि उठेर धनी देशका गरिब जनताको माया गरुन’ उनले भनेका छन् ।’

छलकपट, षड्यन्त्र, आफ्नो सत्ता महत्वकांक्षाका लागि जुनसुकै दुस्साहास गर्ने नेताहरु धेरै भएको उनले बताए ।

पाँच वर्षका लागि चुनिएको प्रतिनिधिसभालाई ३ वर्षमै भंग गरेका प्रधानमन्त्रीले जनताको दुहाई दिँदै हिँडेको उनले बताए । उनले अघि भने, ‘पुरा काम गर्न नपाउने हो भने चुनाव गरेर मात्र के हुन्छ ?’

त्यसमाथि अदालतलाई धम्क्याउने र सेटिङ छ भन्दै हिँडेको भन्दै उनले कस्तो चुनाव हुन्छ भनेर प्रश्न गरे ।

पार्टी सभापतिको नाम नलिई उनले प्रधानमन्त्रीले धम्की दिइरहँदा अदालतलाई केही भन्न हुन्न भन्नु जनतालाई धोधाकडी मात्र हुने बताए । ‘प्रधानमन्त्रीले राजनीतिक निर्णय हो, संविधान नहेर, रिट खारेज गरिदेऊ भन्दा अदाललाई केही नभन मात्र भन्ने हो होकि अदालतलाई धँम्की दिने प्रधानमन्त्री हो भने भनेर प्रश्न हो ? वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्रीलाई औंला ठ्ड्याउने प्रतिपक्षी चाहिएको छ ।’

अदालतले पनि जनताको आवाज सुन्नुपर्ने र संविधान हेरेर फैसला गर्नुपर्ने नेता पौडेलले बताएका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?