Comments Add Comment

एसियाको सबैभन्दा ठूलो लागूऔषध गिरोहका प्रमुख नेदरल्याण्ड्समा पक्राउ

११ माघ, काठमाडौं । नेदरल्याण्ड्सको प्रहरीले एसियाको सबैभन्दा ठूलो लागूऔषध गिरोहका प्रमुख से चि लोपलाई पक्राउ गरेको छ । चिनियाँ मूलका क्यानडेली नागरिक लोपलाई नेदरल्याण्ड्सको प्रहरीले अष्ट्रेलियाको पक्राउ पुर्जीको आधारमा पक्राउ गरेको हो । लोप ‘द कम्पनी’का प्रमुख मानिन्छन् । यो कम्पनीले एसियामा हुने गरेको ७० अर्ब डलरको अवैध लागूऔषधको कारोबारको ठूलो हिस्सा आगट्ने गरेको छ ।

मोस्ट वान्टेड भगौडामध्येका एक रहेका लोप आम्सटर्डमस्थित स्किफोल एयरपोर्टबाट पक्राउ परेका हुन् । अष्ट्रेलियाले अब उनको सुपुर्दगीको प्रक्रिया सुरु गर्नेछ । अष्ट्रेलियाले आफ्नो मुलुकमा आउने ७० प्रतिशत अवैध लागूऔषधमा ‘द कम्पनी’को संलग्नता रहने गरेको दाबी गर्दै आएको छ । अष्ट्रेलियाले पछिल्लो एक दशकदेखि लोपलाई खोज्दै आएको थियो ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लोपलाई एसियाको मोस्ट वान्टेड व्यक्ति रहेको उल्लेख गरेको थियो । लोपको कम्पनीले सन् २०१८ मा मेथाम्फोटामाइनको कारोबारबाट १७ अर्ब डलर आम्दानी गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ । पछिल्लो केही वर्षमा लोप मकाउ, हङकङ र ताइवानमा रहँदै आएको हल्ला थियो । ५६ वर्षीय लोपले सन् १९९० को दशकमा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा अमेरिकामा नौ वर्ष जेलजीवन बिताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment