+
+
Shares

चिसो प्रभावित ५ सय परिवारलाई सिरक वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १७:३१

११ माघ, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका चिसो प्रभावित ५ सय विपन्न परिवारलाई फाइबर सिरक प्रदान गरिएको छ ।

पछिल्लो समयमा बढेको अत्यधिक जाडो बढेपछि कठ्यांग्रिएर जीवन धान्न बाध्य भएका विपन्न परिवार, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदाय गरी ५ सय परिवारलाई १/१ थानका दरले फाइबर सिरक प्रदान गरिएको हो ।

भोर संस्थाको पहलमा र दौंतरी संस्थाको सहयोगमा नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का ५ सय परिवारलाई सिरक प्रदान गरिएको संस्थाका अध्यक्ष पचुलाल माझीले जानकारी दिए ।

आफूहरुले परोपकार तथा मानवीय संवेदनालाई ध्यानमा राख्दै सिरक वितरण गरेको दौंतरी संस्थाकी उत्तरा मानन्धरले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?