+

लिभरपुललाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपकाे पाँचाै चरणमा

२०७७ माघ  १२ गते ७:५७ २०७७ माघ १२ गते ७:५७
लिभरपुललाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपकाे पाँचाै चरणमा

१२ माघ, काठमाडौं । लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चाैथाे चरणकाे राेमाञ्चक खेलमा लिभरपुललाई ३-२ ले पराजित गर्दै युनाइटेड प्रिक्वाटरफाइनलमा पुगेकाे हाे ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एक गाेलले पछि परेकाे स्थितिमा पुनराथमन गरेको हाे ।

मोहमद सालाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर, खेलको २६औं मिनेटमा मासन ग्रीनउडले युनाइटेडका लागि बराबरीमा गाेल फर्काए ।

४८ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

५८ औं मिनेटमा लिभरपुलका सालाहले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो ।

त्यसपछि वैकल्पिक खेलाडीकाे रुपमा म‌दान प्रवेश गरेका ब्रुनो फर्नान्डेजले निर्णायक गाेल गरे ।

उनले ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।

अब युनाइटेडले पाँचौं चरणमा वेस्टह्यामसँग खेल्नेछ ।

म्यानचेष्टर युनाइटेड लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय