+
+
Shares

ओलीले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक हुन्न : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १२:०२
फाइल तस्वीर

१२ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने बताएका छन् ।

सोमबार प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए । उनले अघि भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्‍याली भन्दा फरक हुने छैन ।’

पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको भन्दै प्रचण्डले अघि भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?