Comments Add Comment

पुलिसलाई सेमिफाइनल पुग्न १७० लक्ष्य

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत मुलपानी मैदानमा जारी खेलमा प्रदेश २ ले नेपाल पुलिसलाई १७० रनकाे लक्ष्य दिएकाे छ ।

४७ ओभरमा घटाइएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे प्रदेश २ ले ९ विकेट गुमाएर १६९ रन बनाएकाे हाे ।

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ४ र सागर ढकालले २ विकेट लिए ।

समूह बी काे उपविजेता बन्दै सेमिफाइनल पुग्न यस खेल जित्नै पर्नेछ ।

समूह बीबाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । त्यसैले पुलिस र प्रदेश २ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

प्रदेश २ लाई पराजित गरेमा साविक विजेतासमेत रहेको नेपाल पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै बागमतीसँग पराजित भएको पुलिसले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको छ ।

४ वटै खेल खेलिसकेको लुम्बिनी प्रदेश ५ अंकसहित समूह बी मा दोस्रो स्थानमा छ । यदि प्रदेश २ ले पुलिसविरुद्ध अप्रत्यासित नतिजा निकालेमा भने लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment