Comments Add Comment

‘आई एम ट्वान्टी वान’को छायांकन अन्तिम चरणमा

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन अन्तिम चरणमा पुगेको छ । कात्तिक १ गतेबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । चलचित्रको छायांकन काठमाण्डौ, धरान, पाटन लगायतका स्थानमा गरिएको छ ।

यस्तै, यो चलचित्रको छायांकन काठमाण्डौको फरेनहाइट क्लबमा पनि गरिएको छ । आइतबार दिनभर यसको टिमले ‘ब्याटल डान्स’ फरेनहाइट क्लबमा खिचेको छ । चलचित्रमा नेपालका चर्चित डान्स ग्रुपहरुको समेत नृत्य हेर्न सकिने वुझिएको छ ।

यो चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । डान्सको कथामा बनिरहेको यो चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरिरहेकी छिन् ।

नेपालमा डान्सकै कथामा आधारित रहेर कमै मात्र चलचित्र बनेका छन् । यसैले पनि कोरियोग्राफीमा सफल भएर चलचित्र निर्देशनमा पाइला राखेकी रेनशाको यो चलचित्र दर्शकका लागि प्रतिक्षामा छ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रको छायांकन अब दुई सातामा सकिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment