+
+
Shares

‘प्रकाश’मा प्रदिपसँग रेनुको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते ११:१५

निर्देशक दिनेश राउत नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’को छायांकन फागुणको दोश्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।

यसैविच, चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । अडिसनबाट धनगढीकी रेनु योगीलाई निर्माणपक्षले नायिकाको रुपमा फाइनल गरेको हो । रेनुको प्रस्तुति र चरित्र मिल्ने भएपछि चलचित्रका लागि फाइनल गरिएको दिनेशले बताए । चलचित्रका कास्टिङ डिरेक्टर अनुप बरालले रेनुलाई अडिसनमार्फत छनोट गरेका हुन् ।

स्नातक अध्ययन गरिरहेकी रेनुले थिएटरमा काम गर्दै आएकी छिन् । उनले सन् २०१३ मा नायक दयाहाङ राइसँग ‘मितज्यू’ नामक नाटकमा अभिनय गरेकी थिइन् । उनले हालसम्म, १० भन्दा बढी नाटक, सर्ट मुभी र वृत्तचित्रमा अभिनयगरिसकेकी छिन् ।

यो चलचित्रको छायांकन जुम्लामा ४५ दिनसम्म हुनेछ । विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?