Comments Add Comment

कोरोना खोप निर्यातमा ईयूको कडाइ

१३ माघ, काठमाडौं । युरोपेली संघ (ईयू)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा कडाइ गर्ने भएको छ । एस्ट्राजेनेकाको कोरोना खोप उत्पादनमा समस्या देखिएसँगै ईयूले खोप निर्यातमा कडाइको योजना बनाएको हो ।

ईयूका हेल्थ कमिशनर स्टेला किरियाकिड्सले ईयूले आफ्ना नागरिकहरुलाई पहिलो प्राथमिकता दिन महत्वपूर्ण कदम चाल्ने बताएकी हुन् । गत साता एस्ट्राजेनेकाले गत साता ईयूलाई उत्पादनमा देखिएको समस्याको कारण यसअघि गरेको वाचाअनुसारको खोप उपलब्ध गराउन नसक्ने बताएको थियो । त्यस्तै ईयूले निकै सुस्त गतिमा खोप कार्यक्रम सञ्चालन गरिरहेको भन्दै अहिले आलोचना पनि भइरहेको छ।

अहिले ईयूले ल्याउन लागेको योजनाले फाइजर र बायोटेकको कोरोना खोप बेलायत निर्यातमा पनि असर पर्न सक्ने बीबीसीले बताएको छ । अहिलेसम्म फाइजरको बेल्जियम प्लान्टबाट बेलायतमा खोप निर्यात हुँदै आएको छ । बेलायतले यस विषयमा अहिले खोप आपूर्तिकर्ताहरुसँग छलफल भइरहेको बताएको छ । बेलायतको सरकारकी प्रवक्ताले फेब्रुअरी १५ सम्ममा आफूहरुको प्राथमिकतामा परेका सबै मानिसहरुलाई पहिलो डोज पुग्ने गरी खोप आपूर्तिको लागि तयार रहेको बताएकी छिन् । ईयूमा फाइजर–बायोटेकले आपूर्ति घटाएसँगै खोप कार्यक्रम पनि सुस्त बनेको छ । यस्तोमा एस्ट्राजेनेकाले पनि प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन नसक्ने भएसँगै ईयूले खोप निर्यातमा कडाइ गर्ने तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment