Comments Add Comment

नम्रताको मुस्कान

नायिका नम्रता श्रेष्ठ आफ्नो सामाजिक संजालमा मुस्कानको कुरा सधै गर्छिन् । मुस्कान नै मानिसको आत्माको शक्ति भएको उनको तर्क छ । यसैले पनि होला, उनी आफ्ना फ्यानलाई पनि सधै मुस्कुराउनका लागि आग्रह गर्छिन् । नम्रता चलचित्र रिलिजको बेलामा भन्दा अन्य समय आफूलाई आफ्नै दुनियाँमा व्यस्त बनाउँछिन् । चलचित्र रिलिजको समयमा दौडधुपमा रमाउने यी सुन्दरी अन्य समयमा प्राकृतिक सुन्दरतामा बढी रमाएको पाइन्छ ।

गतबर्ष रिलिज भएको चलचित्र ‘जाइरा’पछि नम्रता नयाँ चलचित्र ‘प्रसाद २’मा काम गर्ने तयारीमा छिन् । चलचित्र ‘प्रसाद २’ले समिक्षागत रुपमा चर्चा पाएपनि नम्रताको भूमिकालाई लिएर दर्शक सन्तुष्ट भएनन् । यसैले पनि यसपटक चलचित्रको सिक्वेलमा उनले आफूलाई नयाँ ढंगमा ढाल्नुपर्ने हुन्छ ।

चलचित्र क्षेत्रमा नम्रतालाई भर्सटायल नायिकाको रुपमा चिनिन्छ । साथमा, उनको सुन्दरताको चर्चा पनि सधै हुने गर्दछ । नम्रता भने तनावबाट आफूलाई बाहिर राख्न मुस्कान नै सबैभन्दा ठूलो हतियार भएको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment