Comments Add Comment

चितवनका वामपन्थी नेता खम्बसिंह कुँवरको निधन

१३ माघ, चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो ।

२०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालदेखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गरेका थिए । पछिल्लो समय उनी नेकपाको केन्द्रीय सल्लाहकारसमेत थिए ।

कुँवरको शव भरतपुर–६ केशरबागमा रहेको निवासमा लगेपछि आजै अन्तिम श्रद्धाञ्जलीका लागि साविक माओवादी केन्द्रको पार्टी कार्यालय कृष्णपुरमा राखिएको छ ।

कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रचण्डले पार्टीको झण्डा ओढाई कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरे । प्रचण्डले उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले संयुक्त विज्ञप्ति निकालेर कुँवरको निधनले पार्टी र सिंगो कम्युनिस्ट आन्दोलनले अथक योद्धा गुमाएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment