Comments Add Comment

अमेरिकी संसदद्वारा अर्थमन्त्रीको मनोनयन पारित

Photo Credit : REUTERS

१३ माघ, काठमाडौं । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले अर्थमन्त्रीको रुपमा जनेट येलनलाई अनुमोदन गरेको छ । सोमबार सिनेटमा भएको निर्वाचनमा बहुमतले येलनको मनोनयन पारित भएको हो । यससँगै येलन अमेरिकाको पहिलो महिला अर्थमन्त्री बनेकी छिन् । सोमबार भएको मतदानमा येलनको मनोनयनको पक्षमा ८४ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो । विपक्षमा मतदान गर्ने सबै विपक्षी रिपब्लिकनका सांसद थिए ।

येलन सन् २०१४ मा केन्द्रीय बैंक फेडरल रिजर्वको प्रमुख बन्ने पहिलो महिला बनेकी थिइन् । सोमबार येलनको मनोनयन पारित भए पनि उनले कहिले र कोबाट शपथ लिनेछन् भन्ने जानकारी भने ह्वाइट हाउसले दिएको छैन ।

७४ वर्षीया येलनले आफूले यसअघिको प्रशासनले लगाएको वित्तीय प्रतिबन्धबारे पुनर्विचार गर्ने बताएकी छिन् । राष्ट्रपति जो बाइडनले राष्ट्रपति बनेसँगै १९ खर्ब डलरको कोरोना राहत प्याकेज ल्याएका छन् । यो प्याकेजको विषयमा येलनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । उक्त राहत प्याकेज पनि संसद्बाट पारित हुनु जरुरी छ । सोमबारको मतदानमा रिपब्लिकन पार्टीका ३४ सांसदले येलनको मनोनयनमा साथ दिएका थिए । रिपब्लिकन सांसदहरुले आगामी दिनमा सरकारसँग मिलेर जनतालाई सहज हुने योजना ल्याउन सहयोग गर्ने बताएका छन् ।

यद्यपि बाइडनको राहत योजनामा भने रिपब्लिकन पार्टीका सांसदहरुले आशंका जनाउँदै आएका छन् । यसले मुलुकको ऋण बढाउने उनीहरुको भनाइ छ । साथै कर्पोरेट कर पनि २१ बाट बढाएर २८ प्रतिशत बनाउने योजना ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment