
१३ माघ, काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सहयोगापेक्षीको उद्धार गरेको छ ।
आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ९ जना बालबालिकासहित ४० जना सहयोगापेक्षीको उद्धार गरेको हो ।
सोमबार राति चावहिल, बौद्ध, गोकर्णेश्वर लगायतका स्थानबाट १७ जना र मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट ९ जना बालबालिकासहित २३ जनाको उद्धार गरिएको आश्रमका अभियन्ता रामजी अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा सडक मानवको उद्धार गरिएको उनले बताए ।
उद्धार गरिएका बालबालिकालाई बालबालिका खोज तलास केन्द्रको जिम्मा लगाइएको छ भने अन्य व्यक्तिहरुलाई मानव सेवा आश्रमको काठमाडौं, भक्तपुर र ललितपुर शाखामा व्यवस्थापन गरिएको अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4