Comments Add Comment

‘मिटरब्याजी’ मन्टुलाई कारवाही माग गर्दै अदालतमा धर्ना

१३ माघ, विराटनगर । मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् ।

सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएपछि पीडितले हदैसम्मको कारवाही माग गर्दै मंगलबार अदालत परिसरमा धर्ना दिएका हुन् ।

चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गरी गठी गरेको आरोपमा प्रहरीले विराटनगर– ९ घोगापुल चोकका ४२ रौनियारलाई एक महिना अघि पक्राउ गरेको थियो । रौनियार विरुद्ध जिल्ला अदालत मोरङमा १७ वटा मुद्दा दर्ता गराएको छ ।

पीडितलाई न्यायको माग गर्दै अदालत परिसरमा धर्ना दिएको पीडितमध्येका एक मोरङ धनपालथान गाउँपालिका– ७ का ३६ वर्षीय बिनोदकुमार सिंहले बताए ।

प्रहरीका अनुसार गाउँका चिनेजानेका मान्छे मार्फत पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महंगो ब्याजमा पैसा दिने, धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने अवस्था नभएपछि जग्गा आफ्नो नाममा गर्ने गरेको आरोप मन्टुमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment