+
+
Shares

मूल्य सूची नराख्ने चितवनका ९ पसललाई कारबाही 

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १७:२६

१३ माघ, वीरगञ्ज । चितवनमा मूल्य सूची नराख्ने ९ वटा पसललाई कारबाही गरिएको छ । बजार अनुगमन टोलीले नारायणगढ बजारको अनुगमन गर्ने क्रममा नियम अनुसार मूल्य सूची नराखेका ९ वटा पसललाई कारबाही गरिएको हो ।

मूल्य सूची नराख्ने ९ वटा पसललाई ३ लाख ९० हजार जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले जनाएको छ । जरिबाना रकम ७ दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा बुझाउन निर्देशन दिइएको कार्यालयका सूचना अधिकारी दीलिप खंग खत्वेले जानकारी दिए ।

चितवनको भरतपुर–५ स्थित श्रेष्ठ कन्सर्न, भरतपुर–२ स्थित नेशनल ट्रेड बिजनेस, एएस ट्रेडस चुरा कस्मेटिक पसल, विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज र भरतपुर–३ चितवन स्थित गुप्ता धागो स्टोर्सलाई मूल्य सूची नराखेकोले ५०/५० हजार रुपैयाँ जरिबाना गरिएको खत्वेले बताए । उनका अनुसार भरतपुर– २ को एसएच ट्रेडर्स र भरतपुर–१० को ओमसाइराम प्लास्टिक सप्लायर्सलाई पनि मूल्य सूची नराखेकै कारण २०/२० हजार जरिबाना गरिएको हो । उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम देहायका फर्मलाई तत्काल जरिबाना गरिएको उनले बताए ।

मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय चितवन, उधोग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढका प्रतिनिधि सहितको टोलीले बजार अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?