Comments Add Comment

मानव अधिकार आयोगले सरकारलाई भन्यो : नागरिक अधिकारको सम्मान गर

१३ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार काठमाडौंमा नागरिक अधिकारकर्मीमाथि भएको दमनप्रति विरोध जनाएको छ ।

नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अधिक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको आयोगले बताएको छ ।

सोमबार काठमाडौंको बालुवाटारमा नागरिक आन्दोलनका सहभागीहरुमाथि प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्दा १२ जना भन्दा धेरै घाइते भएका थिए ।

आयोगले कुनै पनि बहानामा नागरिकहरुको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न, सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

सहायक प्रवक्ता लोकनाथ बास्तोलाले विज्ञप्ति निकालेर कानून कार्यान्वयन गर्ने अधिकारीहरुका लागि बल तथा हतियार प्रयोगसम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त १९९० को विपरीत हुने गरी कार्य नगर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment