Comments Add Comment

प्रेरणा सिंगल्समा पराजित, डबल्समा नेपाली जोडी दोस्रो चरणमा

प्रेरणा कोइराला

१४ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा पराजित भएकी छिन् ।

नैरोबीमा मंगलबार भएको पहिलो चरणको खेलमा १४ औं बरियता प्राप्त नेपालकी प्रेरणा दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग ६-१, ६-३ ले पराजित भइन् ।

पहिलो चरणमा प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरेकी थिइन् ।

प्रेरणा पराजित भएपछि सिंगल्समा नेपालको चुनौती समाप्त भएको छ । यसअघि नै सलोनी तामाङ पहिलो चरणमै पराजित भइन् ।

तर गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले पहिलो जित हात पारेका छन् । प्रेरणा र सलोनीको जोडीले बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६-२, ६-२ ले पराजित गरे ।

नेपाली जोडीले अब दोस्रो चरणमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीसँग खेल्नेछ ।

यसअघि केन्यामै भएको जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेर पराजित भएकी थिइन् भने सलोनी पहिलो चरणमा पराजित भएकी थिइन् । यस्तै गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेका थिए ।

प्रेरणाका बुबा पुरुषोत्तम कोइरालाले नेपालको प्रशिक्षणले मात्र अन्तर्राष्ट्रिय स्तरमा कठिन हुने भन्दै अब वैदेशिक प्रशिक्षणमै पठाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment