Comments Add Comment

जुम्लाको गोठी गाउँमा हिजोदेखि लागेको आगो नियन्त्रणमा आएन

१४ माघ, सुर्खेत । जुम्ला तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागी भएको १५ घण्टा बितिसक्दा पन अिझै नियन्त्रणमा आएको छैन ।

मंगलबार बेलुका ६ बजेदेखि सुरु भएको आगलागी रातभर नियन्त्रणमा लिन खोजे पनि अझै नियन्त्रणमा आउँन नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

प्रजिअ थापाका अनुसार आगलागीबाट ३० घर जलेर नष्ट भएका छन् । ‘आगलागी भएको जानकारी पाएलगतै सुरक्षा निकायको टोली घटनास्थलतर्फ गए पनि त्यो टोली राति १० बजे पुगेको थियो,’ प्रजिअ थापाले भने, ‘रातभर सुरक्षा निकायको टोली र स्थानीयले आगो नियन्त्रणमा लिन खोजे पनि अझै नियन्त्रणमा आएको छैन्, नियन्त्रणमा आउँन लागेको छ भन्ने खबर पाएका छौं ।’

घटनास्थलमा १९ जना नेपाल प्रहरी, ११ जना सशस्त्र प्रहरी र स्थानीयहरुले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

यसैगरी २०/२५ वटा पशुचौपायाको जलेर मृत्यु भएको हुन् सक्ने अनुमान गरिएको प्रजिअ थापाले बताए । अझै आगो नियन्त्रण नआइसकेकाले घटनाबारे यकिन विवरण आउन नसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment