Comments Add Comment

भारतीय दूतावासले मनायो गणतन्त्र दिवस

१४ माघ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ ।

इन्डिया हाउसमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली पनि सहभागी भएका थिए ।

समारोहमा नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले सम्पर्क–इन्डिया नेपाल अल्मुनाइ नेटवर्क वेबसाइटको शुभारम्भ गरेका थिए ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार लगायतको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पु¥याएको योगदानलाई कदर गर्दै सम्मानसमेत गरिएको थियो । भारतीय राजदूतावासद्वारा आयोजित ‘मैत्री थ्रु माई लेन्स’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई पनि चेक तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

दिवसको अवसरमा राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नेपाली रुपैयाँ नगद वितरण गरी सम्मान गरेका थिए । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदानसमेत गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतले २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment