+
+
Shares

क्रिकेट खेल्न सिक्दै तापसी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:२२

बलिउड नायिका तापसी पन्नु आफूले निर्वाह गर्ने भूमिकाका लागि तयार हुन केही समय लगाउँछिन् । पर्दामा कुनै पनि कमजोरी नदेखियोस् भन्नका लागि तापसीले आफूलाई वर्कशपमा नै निकै निखार्ने गरेकी छिन् । तापसीले केही दिन अगाडि मात्र चलचित्र ‘रश्मी रकेट’को छायांकन सकाएकी थिइन् । अब, उनी अर्को नयाँ चलचित्रको तयारीमा जुटेकी छिन् ।

तापसी ‘स्याबास मिठु’ नामक चलचित्रमा काम गर्ने तयारीमा छिन् । यो चलचित्र भारतीय क्रिकेटर मिथाली राजको जीवनमा आधारित रहेर निर्माण हुनेछ । यो चलचित्रका लागि तापसीले क्रिकेटको तालिम लिन सुरु गरेकी छिन् ।

तापसीले भारतीय मिडियासँग कुरा गर्दै आफूले क्रिकेट पहिले कहिल्यै पनि नखेलेको बताइन् । यसैले आफ्ना लागि यो निकै नै चुनौतीपूर्ण भूमिका भएको भन्दै तापसीले उत्कृष्ट काम गर्नका लागि आफूमा दबाब रहेको सुनाइन् । राहुल ढोलाकियाको निर्देशनमा बन्न लागेको यो चलचित्र लाखौ यूवतीहरुको लागि प्रेरणा हुने अपेक्षा गरिएको छ ।

भारतीय महिला क्रिकेट टिमकी क्याप्टेन मिथाली राज लाखौ यूवतीहरुका लागि प्रेरणाको श्रोत हुन् । उनको कथा पर्दामा आउँदा पक्कै पनि यसले ठूलो प्रभाव पार्ने विश्वास यो चलचित्रको निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?