१५ माघ, काठमाडौं । विदेशी खेलाडी मेथो रुथले दोहोरो ह्याट्रिक गरेपछि महिला राष्ट्रिय लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले शानदार जित हात पारेको छ ।
क्यामरुनका मेथोको दोहवरो ह्याट्रिक मद्दतमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो । जारी लिगमा यो पहिलो दोहोरो ह्याट्रिक हो । रुथले पहिलो ह्याट्रिक १२ मिनेटमै पूरा गरेकी थिइन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा मेथोले खेलको सातौँ, नवौं र १९ औं मिनेटमा गोल गरिन् । रुथले ६३ औं, ७१ औं र इन्जुरी टाइममा गोल थप्दै दोहोरो ह्याट्रिक पूरा गरिन् ।
यस्तै सम्झना शर्माले दुई तथा मनमाया दमाई र अर्का विदेशी टौना रेनेलाले एक एक गोल गरिन् । सम्झनाले ८० औं र ८२ औं मिनेटमा गोल गरिन् । मनमायाले ३३ औं तथा टौनाले ४९ औं मिनेटमा गोल गरिन् ।
लिगको पहिलो जितपछि ४ खेलबाट ५ अंक जोड्दै वालिङ अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । वालिङले यसअघि विराटनगर महानगरपालिका र नेपाल पुलिस क्लबलाई बराबरीमा रोकेको थियो भने आर्मीसंग पराजित भएको थियो ।
चौदण्डीगढीको भने यो लगातार तेस्रो हार हो ।
प्रतिक्रिया 4