Comments Add Comment

सेयर बजारमा कीर्तिमानी कारोबार, नेप्से परिसूचक भने दोहोरो अंकले घट्यो 

१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ करोड रुपैयाँ थियो ।

आज २०९ वटा कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएको थियो । घट्दो बजारमा पनि दुई कम्पनीको शेयर मूल्यमा उच्च बृद्धिका कारण सर्किट लाग्यो भने चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्न पुग्यो ।

सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मू्ल्यमा उच्च बृद्धिका कारण सर्किट लागेको थियो । यस्तै सपोर्ट माइक्रो फाइनान्स, प्रभू लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र सारथी नेपाल लघु वित्त कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

आज कारोबारमा आएका १२ उपसमूहमध्ये तीन वटा उपसमूहको सूचक बढेको थियो भने ९ वटा उपसमूह राताम्य रह्यो । निर्जिवन बीमा, उत्पादन समुह र लघुवित्त समुह मात्रै आज बढेको थियो । आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी ५७ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, मिथिला लघुवित्त र गुरास लघुवित्त कम्पनीका सेयर धनीले भने मूल्यमा आएको गिरावटका कारण घाटा ब्यहोरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment