 
																			१६ माघ, काठमाडौं । बल्खु तरकारी बजारमा पनि डिजिटल कारोबार (क्यूआर पेमेन्ट) को शुरुवात भएको छ । एनएमबि बैंकको क्यूआर कोडबाट शुक्रबार बल्खु तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको हो ।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर पेमेन्टबाट भुक्तानी दिएर शुभारम्भ गरे । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम आयोजना गरेको हो ।
गभर्नर अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।
यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख रहेको सीईओ केसीले जानकारी दिए ।
‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागी थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं’ बैंकका कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4