Comments Add Comment

धादिङबेसीमा ११ करोड लगानीमा खुल्यो क्रिक रिसोर्ट

१६ माघ, काठमाडौं । कोरोना भाइरसको महामारीको बीचमै धादिङमा ११ करोड रुपैयाँ लगानीमा नयाँ रिर्सोट खुलेको छ । गीता भण्डारी, गोविन्द भण्डारी र रामचन्द्र गिरिको संयुक्त लगानमिा धादिङ बेसीमा क्रिक रिर्सोट सञ्चालनमा आएको हो । रिर्सोटको औपचारिक उद्घाटन भने बाँकी  छ ।

काठमाडौंबाट ९० किलोमिटरको दुरीमा रहेको रिर्सोटमा स्विमिङ पुलसहित स्ट्यान्डर्ड र प्रिमियम गरी २० वटा सुविधा सम्पन्न कोठा रहेको सञ्चालकले बताएका छन् । १६ रोपनी जमिनमा फैलिएको रिसोर्टमा ५० सीट क्षमताको रेष्टुरेन्ट तथा ४ सय सीट क्षमताको बैंक्वेट हल समेत रहेको छ ।

तीन वर्ष अगाडि निर्माण सुरु भएको कोभिड महामारीको मारले रिसोर्ट निर्माणको काम समेत परेको लगानीकर्ता भण्डारीले जानकारी दिइन् । काठमाडौं र पोखराको मध्यबिन्दु तथा मनास्लु पदयात्राको बाटैमा रहेका कारण स्वदेशी तथा विदेशी पर्यटकका लागि रिसोर्टले गुणस्तरीय सेवा प्रदान गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment