Comments Add Comment

रुसी खोपमा युक्रेनको प्रतिबन्ध

Photo Credit : REUTERS

१६ माघ, काठमाडौं । युक्रेनले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा प्रतिबन्ध लगाउने भएको छ । शुक्रबार युक्रेनको संसद्ले पारित गरेको विधेयकमा रुसी खोपलाई प्रतिबन्ध लगाउने बुँदा पनि समावेश गरिएको हो । शुक्रबार छिटै नै कोरोना खोपलाई मान्यता दिने योजना अनुसार ल्याइएको विधेयक संसद्ले पारित गरेको हो ।

युक्रेनले फेब्रुअरीमा फाइजर र बायोएनटेकले विकास गरेको एकदेखि दुई लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ । अहिलेसम्म युक्रेनले कुनै पनि कोरोना खोपलाई अनुमति दिएको छैन । तर, युक्रेनले रुसको खोपलाई अनुमति नदिने स्थानीय सञ्चारमाध्यमहरुले बताउँदै आएका थिए । युक्रेन र रुसको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

यसअघि युक्रेनको एक फर्मा कम्पनीले रुसी खोपलार्य अनुमतिको माग गर्दै निवेदन दिने बताएको थियो । दुई मुलुकको सम्बन्ध तनावपूर्ण रहँदै आएको अवस्थामा रुसी खोपलाई अनुमतिको लागि आवेदनको निर्णय निकै संवेदनशील मानिएको थियो । सन् २०१४ मा रुसले युक्रेनको क्रिमियामा आफ्नो अधिकार जमाएसँगै दुई मुलुकको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment