Comments Add Comment

केटु हिमाल आरोहीलाई पाकिस्तानी दूतावासको सम्मान

१७ माघ, काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई नेपालस्थित पाकिस्तानी दूतावासले सम्मान गरेको छ ।

शुक्रबार ठमेलको एक होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा हिमाल आरोहण गरेर नेपालीहरुले विश्व कीर्तिमानी राखेको भन्दै पर्वतारोहीहरुको उच्च प्रशंसा गरे ।

डिनरसहितको सम्मान कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीको समेत उपस्थिति थियो ।

कार्यक्रममा पाकिस्तानी राजदूत शाहले पर्वतारोही समूहका नेतृत्वकर्ता निर्मल पूर्जा र मिङमा ग्याल्जे शेर्मालाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली पर्वतारोहीहरुले हिमाल आरोहणका क्रममा पाकिस्तानी सरकारबाट न्यानो आतिथ्य पाएको भन्दै आभार व्यक्त गरेका थिए ।

नेपाली पर्वतारोहीहरुको १० सदस्यीय टोलीले गत माघ ३ गते साँझ ५ बजे पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल जाडो याममा चढेर सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment