Comments Add Comment

शहीद धर्मभक्तसँग उभिएर केदारभक्तले भने : आन्दोलनमा प्राध्यापकलाई नदेख्दा दुःख लाग्यो

१८ माघ, काठमाडौं । प्राध्यापक केदारभक्त माथेमाले प्रतिगमनविरुद्धको आन्दोलनमा प्राध्यापकहरूको व्यापक सहभागिता हुनुपर्नेमा जोड दिएका छन् ।

वृहत नागरिक आन्दोलनले आइतबार सिफलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राध्यापकले लोकतन्त्रको पक्षमा बोलेपछि मात्र छात्रछात्राले पनि बोल्न थाल्ने बताए ।

शहीद धर्मभक्त माथेमाको सालिकसँगै उभिएर उनले भने, ‘नागरिक समाजको आन्दोलनमा त अझै धेरै प्राध्यापकहरू हुनुपर्ने हो । त्यो नदेख्दा अलिकति दुःख लागेको छ ।’

अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफर्सनको भनाइ उद्धृत गर्दै माथेमाले प्रजातन्त्र चाहनेले त्यसको मूल्य चुकाउने पर्ने बताए । ‘र त्यो मूल्य भनेको सधैं सचेत रहनु हो । जब प्रजातान्त्रिक मूल्य र मान्यता पछारिन्छन्, फालिन्छन् नागरिक समाज उठ्नै पर्छ’ प्राध्यापक माथेमाले कार्यक्रममा भने, ‘आफ्नो औंलामा अरुले टेक्दा ऐया पनि नभनी बस्नु भएन ।’

हेर्नुहोस् नागरिक आन्दोलनका तस्वीरहरु

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment