Comments Add Comment

ईम राना र प्रतिभा मालीलाई मनोरञ्जन रमन शर्मा अवार्ड

१८ माघ, काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना र महिला टिमकी सदस्य प्रतिभा मालीले मनोरञ्जन शर्मा अवार्ड जितेका छन् । नेपाल भलिबल संघको आयोजनामा भएको आइतबार भएको अवार्ड समारोहमा ईम पुरुषतर्फ र प्रतिभा महिलातर्फ अवार्ड जित्न सफल भएका हुन् । उनीहरुले नगद ३५-३५ हजार प्राप्त गरे ।

भलिबल संघका अध्यक्ष मनोरन्ज शर्माको नामबाट गत वर्षदेखि यो अवार्ड वितरण गर्न थालिएको हो । गत वर्ष कुलबहादुर थापा र सरस्वती चौधरीले यस अवार्ड जितेका थिए । शर्माले यस अवार्डका लागि १० लाखको कोष खडा गरेका थिए ।

ईम डेढ दशकदेखि राष्ट्रिय टिमबाट खेलिरहेका छन् । यस्तै प्रतिभा राष्ट्रिय टिमकी मुख्य स्पाइकरको रुपमा छिन् ।गत वर्ष नेपालले सेन्ट्रल जोनमा उपाधि जित्दा र १३ औं सागमा रजत जित्दा प्रतिभाले महत्वपूर्ण योगदान गरिन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले अब महिला र पुरुषको भलिबल लिग आयोजना गर्नुपर्ने बताए । त्यसका लागि सहयोग गर्न परिषद तयार रहेको समेत बताए ।

अहिले विभाग समावेश गरेर गर्ने र पछि क्लबहरुलाई पनि समावेश गरेर प्रतियोगिता आयोजना गर्नुपर्ने बताए ।
संघका अध्यक्ष शर्माले खेलाडीलाई सम्मान गर्न पाउँदा खुशी भएको बताए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment