Comments Add Comment

चाेरीका माेटरसाइकलसहित पाँचजना पक्राउ

१८ माघ, जनकपुरधाम । माेटरसाइकल चाेरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको माेटरसाइकल चाेरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् ।

१७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो ।

पक्राउ पर्नेमा सिराहाको बिष्णुपुर गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रमोदकुमार यादव, २२ वर्षीय मनोजकुमार यादव, वडा नम्बर ३ बस्ने २१ वर्षीय रोहितकुमार यादव, २३ वर्षीय जितेन्द्रकुमार यादव र धनुषाकाे सबैला नगरपालिका-४ बस्ने २० वर्षीय अमरेन्दकुमार यादव छन् । यसमध्ये जितेन्द्र चाेरिएकाे माेटरसाइकल खरिद गर्ने व्यक्ति हुन् ।

सशस्त्र प्रहरी जवान मिथिलेशको चोरिएको ज ८प ८७७५ नम्बरको माेटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित जलाद खाेला हुँदै जाने क्रममा पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य ३ वटा माेटरसाइकल पनि उसैले चाेरी गरेकाे खुल्याे ।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरकाे २ सय सीसीकाे पल्सर, स ७ प ५२०३ नम्बरकाे डिस्कभर र काे ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गर्‍यो । राेहितले क्षिरेश्वरनाथ नगरपालिका-५ मा भाडामा लिएकाे काेठाबाट चोरीका मोटरसाइकल बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । राेहितले लक गरिएका माेटरसाइकल समेत चाेरी गर्ने गरेको पाइएकाे उनले बताए । उनकाे काेठाबाट माेटरसाइकल चाेरीमा प्रयोग हुने उपकरण समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रमोद र अमरेन्द्रको साथबाट स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद भएकाे छ ।

धनुषाकाे महेन्द्रनगरबाट चाेरी भएकाे ना ३९ प ६३८२ नम्बरकाे माेटरसाइकलसहित मनाेजलाई पक्राउ गरिएकाे छ । याे माेटरसाइकल किन्ने जितेन्द्रलाई पनि पक्राउ गरिएकाे छ ।

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment