+
+
Shares

३ लाख डोज कोरोना खोप अनुदान दिने चीनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते २०:१६

१८ माघ, काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ ।

नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ । ‘चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि तीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको छ’ दूतावास स्रोतले भन्यो ।

चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो ।

यो खोपले चीनमा आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ, तर नेपालमा दर्ता भएको छैन । सिनोफर्मको खोप नेपालमा दर्ता गर्न नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको समेत दूताबासले जनाएको छ ।

यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?