Comments Add Comment

लालनपालन : उपदेश भन्दा उदाहरण राम्रो

बच्चालाई उपदेश दिएर होइन, उदाहरण बनेर वदल्न सकिन्छ । यसका लागि अभिभावकको जिम्मेवारी मूख्य हो ।

हामीले बच्चालाई पठनपाठनको क्रममा गलत ढंगले प्रयोग गरिरहेका छौं । पठन पाठन गर्ने विधी सही छैन । हामी उनीहरुलाई डर, त्रास देखाएर पढ्न लगाउँछौं । वा लोभ देखाएर । अनुशासनको नाममा पनि हामी उनीहरुलाई यान्त्रिक बनाइरहेका हुन्छौं । यसले क्षणिक नतिजा दिन सक्ला । बच्चाले खराखर होमवर्क गर्न सक्छ, परीक्षामा नतिजा पनि राम्रो आउन सक्छ । तर, बच्चाको मानसिक विकास समूचित ढंगल हुँदैन । उनीहरु यान्त्रिक बन्छन् । पढाईलाई बोझको रुपमा लिन्छन् । यो कुराले उल्टो नतिजा दिनसक्छ ।

बच्चालाई धम्की दिने, डर त्रास देखाउने, लोभ देखाउने होइन । हरेक कुरा स्वतन्त्र ढंगले सिकाउनु पर्छ । यस्ता सिकाइ जीवनोपयोगी हुनसक्छ ।

हरेक बच्चाको आ-आफ्नै विशेषता हुन्छ । उनीहरुको क्षमता पनि भिन्न भिन्नै हुन्छ । बुझ्ने र सुन्ने तरिका फरक हुन्छ । बुझेको कुरालाई व्यक्त गर्ने ढंग पनि एकनास हुँदैन । त्यसैले सबै बच्चाबाट समान रुपमा पढाउने र समान रुपमा त्यसको नतिजा खोज्ने हाम्रो पुरातन शैली आफैमा अवैज्ञानिक छ ।

बच्चाले होमवर्क गरेन वा गर्न जानेन, पढेको कुरा बुझेन, पढ्न मानेन भन्ने कुराले अभिभावकको टाउको दुखाइरहेको हुन्छ । अक्सर अभिभावक के चाहन्छन् भने, बच्चाले राम्ररी होमवर्क गरोस् । पढाईमा तगडा होस् । परीक्षामा राम्रो नतिजा हासिल गरोस् । शिक्षक–शिक्षिकाले आफ्नो बच्चाको तारिफ गरोस् ।

त्यही कारण अभिभावकहरु बच्चालाई जसरी हुन्छ, पढाईमा तल्लिन बनाउन चाहन्छन् । विद्यालय आउनसाथ होमवर्क गराउने गर्छन् । होमवर्क गर्नैपर्छ, हरेक प्रश्नको सही ढंगले उत्तर दिनैपर्छ भन्ने किसिमको मानसिकता बनाइएको हुन्छ । यसले बच्चालाई उत्प्रेरित गर्ने भन्दा बढी दवाव पैदा गरिरहेको हुन्छ ।

पढाईका लागि बच्चामा दवाव पैदा गर्नु हुँदैन । तर, यसको अर्थ यो पनि होइन कि, उनीहरुलाई लापरवाही व्यवहार गर्न छुट दिने । बच्चाहरुलाई जबरजस्ती वा वाध्यत्मक परिस्थितीमा पढाउने होइन । उनीहरुलाई त प्रेरित गर्नुपर्छ । उत्प्रेरणा जगाइदिनुपर्छ । बच्चालाई पठन–पाठनको लागि यसरी प्रेरित गरौं कि, उनीहरु स्वतस्फूर्त पढाईमा ध्यान दिने होस् ।

कसरी बच्चालाई पढाईमा प्रेरित गर्ने त ?

यो भने बच्चाको स्वभाव, प्रवृत्ति, क्षमतामा निर्भर गर्छ । उनीहरुको स्वभाव अनुसार भिन्न भिन्नै ढंगले पढाईमा प्रेरित गर्नुपर्छ ।

बच्चालाई ‘पढ’ भनेर आदेश दिने, पढाईको महत्वबारे उपदेश दिने कुरा त्यती प्रभावकारी नहुन सक्छ । यस्ता कुरा उनीहरुलाई पट्यारलाग्दो लाग्न सक्छ । दवावमुलक लाग्न सक्छ । तर, अभिभावक आफै उनीहरुसँग पढाईमा सामेल हुने, रमाइलो माहौलमा पढ्न सिकाउने, बुझाउने हो भने त्यो निकै प्रभावकारी हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment