२९ कात्तिक, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले पदाधिकारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य थप्ने भएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सात कार्यकारिणी सदस्यहरुको पदपूर्ति गर्दा मधेशी दलित १, महिला २, मुस्लिम १ र खुला ३ रहने छन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरुको पदर्पूति गरिने बस्नेतले बताए ।
पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ ।
जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4