+
+
Shares

जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १७:३५
फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय बोर्ड गठन गरेको छ ।

पार्टी विधानको धारा ९५ को उपधारा (१) मा भएको व्यवस्थाबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धी आवश्यक कार्य गर्न विधानको धारा ९६ अनुसारको काम, कर्तव्य र अधिकार रहने गरी संघीय संसदीय बोर्ड गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार बोर्डमा केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेम्जोङ, महासचिवद्वय लालबाबु राउत र रामकुमार शर्मा, केन्द्रीय सदस्यहरू कुन्ता राई र खेमनारायण यादव, शैलेशकुमार चौधरी, प्रमिला यादव, कैलाश गुरुङ, रामबहादुर जाग्री, मनबहादुर गुरूङ, लिला सिजापती र सन्तोष सिलवाल रहेका छन् ।

प्रदेश समितिका अध्यक्षहरू बोर्डको पदेन सदस्य हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?