२८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको छ ।
सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ ।
यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.डा. रामस्वारथ यादवलाई मनोनयन गरेको गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह मनोनीत भएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका सदस्यहरुलाई केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको पार्टी प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4