News Summary
Generated by OK AI. Editorially reviewed.- बन्दीपुर गाउँपालिकाले २०२५ लाई बन्दीपुर भ्रमण वर्ष घोषणा गरेको छ।
- बन्दीपुरमा पर्यटकका लागि 'होमस्टे' सञ्चालन गरिएको छ।
- बन्दीपुरको मुख्य पर्यटकीय आकर्षण हिमशृङ्खलाका दृश्यहरू र मिनी ग्रेटवाल हुन्।
२९ कात्तिक, काठमाडौं । बन्दीपुर तनहुँको प्रमुख पर्यटकीय स्थल हो । हालको बन्दीपुर गाउँपालिका राज्य पुनर्संरचना हुनुअघि नगरपालिका थियो ।
बन्दीपुरमा रहेका पर्यटकीय स्थललाई प्रचार प्रसार गर्न र पर्यटक भित्र्याउन पालिकाले पनि प्रयास जारी राखेको छ । त्यसै अनुसार बन्दीपुर भ्रमण वर्ष २०२५ घोषणा गरिएको छ ।
पालिकाले भ्रमणमा आउने पाहुनलाई स्वागत गर्नुका साथै सुरक्षित बसोबासका लागि ‘होमस्टे’हरु पनि सञ्चालन गरेको छ ।
बन्दीपुरको बस्ती नै पर्यटकी स्थल हो । यहाँका पुराना मोडेलका घरहरू अझ पनि छन् । तर, केही विस्थापित भएका छन् ।
बन्दीपुरमा पर्यटकका लागि मुख्य आकर्षण भनेको हिमशृङ्खलाका दृश्यहरू हुन् । जहाँबाट पश्चिमका धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, पूर्वतर्फका मनास्लु, गणेश र लाङटाङ, हिमशृङ्खला देखिन्छन् । यी दृश्यहरू मनमोहक छन् । यी मनै लोभ्याउने दृश्य हेर्य पर्यटकहरू त्यहाँ पुग्ने गर्छन् ।
बन्दीपुरमा हिउँदको समयमा धेरै पर्यटक पुग्छन् । यो समय मौसम मुख्यतया सफा रहने भएकोले हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्ने गर्छ ।
बन्दीपुरमा पर्यटकलाई आकर्षण गर्नका लागि ‘मिनी ग्रेटवाल’ निर्माण गरिएको छ । जसले चीनको ग्रेटवालको झल्को दिने गर्छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4