Comments Add Comment

महान्यायाधिवक्तालाई न्यायाधीशको प्रश्न : संसद विघटन गर्नुअघि संसदमा टेष्ट पर्दैन ?

१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गर्दैछन् ।

बहसका लागि महान्यायाधिवक्ता खरेलले कमजोर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नसक्ने, तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई खुम्चिएर बस भन्ने व्याख्या हुन नसक्ने बताएका छन् ।

तर खरेललाई न्यायाधीश सपना मल्ल प्रधानले धारा ७६ (७) को प्रयोगबारे प्रश्न गरेकी छन् । उनको प्रश्न छ, ७६ को (७) प्रयोग गर्ने अधिकार कहाँबाट भयो ? यो प्रयोग गर्न पाउने कि नपाउने ? पाउने हो भने प्रयोग गर्नुपर्ने अवस्था थियो कि थिएन ? यो प्रयोग (विघटन) गर्नुअघि प्रधानमन्त्री संसदमा टेष्ट हुनुपर्ने कि नपर्ने ?

महान्यायाधिवक्ता खरेलले यसबारे जवाफ दिइसकेको छैनन् । अहिले चियाका लागि ब्रेक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment