Comments Add Comment

किसान आन्दोलनको विषयमा बन्द गरिएका भारतीय ट्वीटर अकाउन्टहरु खुला

२० माघ, काठमाडौं । भारतमा जारी किसान आन्दोलनको विषयमा गरिएको ट्वीटलाई लिएर बन्द गरिएका ट्वीटरका अकाउन्ट खुला गरिएको छ । ट्वीटरले भारत सरकारको कानुनी सूचनालाई आधार मान्दै किसान आन्दोलनबारे ट्वीट गरिरहेका अकाउन्टमा प्रतिबन्ध लगाएको थियो ।

सरकारको ल्याएको कृषि कानुनमा आपत्ति जनाउँदै करिब दुई महिनायता किसानहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यस्तोमा ट्वीटरले किसानका नेता र अभियान्ताहरुका साथै एक म्यागाजिनमाथि पनि ट्वीटरले प्रतिबन्ध लगाएको थियो ।

भारतको सरकारले २५० ओटा अकाउन्टहरुलाई बन्द गराउन ट्वीटरलाई पत्र लेखेको थियो । ट्वीटरले कानुनी उपचारको माग भएकाले उक्त अकाउन्टहरु बन्द गरिएको बताएको थियो । तर, प्रदर्शनकारीहरुले भने सरकारले प्रदर्शनकारीहरुको आवाज दबाउन गरेको प्रयासको आलोचना भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार ट्वीटरले १०० अकाउन्ट र १५० ट्वीटहरु बन्द गरेको थियो । ट्वीटरले एक विज्ञप्ति जारी गर्दै आधिकारिक निकायबाट आएको अनुरोधलाई स्वीकार गर्नु जरुरी रहेको बताएको छ । अहिले भने अधिकांश अकाउन्टहरु खुला भइसकेको बताइएको छ ।

भारतले यसअघि दिल्ली वरपरका स्थानहरुमा मोबाइल इन्टरनेट सेवा बन्द गराउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment