+
+

म्यानमारमा क्षेत्रीय मुख्यमन्त्रीहरु रिहा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १३:१५

२० माघ, काठमाडौं । म्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् ।

सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरेको थियो । यस्तोमा मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका संसदीय प्रतिनिधिहरुलाई मंगलबार बिहान हिरासत मुक्त गरिएको सैनिक स्रोतले बताएको समाचारमा उल्लेख छ ।

सोमबार म्यानमारको सेनाले ‘कू’ गर्दै सरकार तथा संसद्का प्रतिनिधिहरुलाई हिरासतमा लिएको थियो । सेनाको यो कार्यको विश्वभर आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले गत नोभेम्बरमा भएको निर्वाचनको सम्मान गर्दै हिरासतमा लिएका सबै नेता तथा सरकार िप्रतिनिधिहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?