Comments Add Comment

लागूऔषधसहित दुईजना पक्राउ

२० माघ, सुर्खेत । डोल्पा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, स्थित इलाका प्रहरी कार्यालयको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका–३ का रेशम मल्ल र जाजरेकाट भेरी नगरपालिका–४ का २२ वर्षीय यमराज शाह रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्दा नाइट्राभेट ट्याब्लेट पत्ता नौ थान, बायोट्राम ट्याब्लेट ३२ थान र लिकुफ ट्याब्लेट पाँच थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसविषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment