Comments Add Comment

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज हुने

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप रिलिज गर्न लागेको बताए । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी छ ।

यो चलचित्रमा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाँई लगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।

चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइन डेको अवसर पारेर माघ ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ । पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा यो चलचित्रको छायांकन गरिएको छ ।

देशभरका हल संचालनमा आएपनि नयाँ चलचित्र रिलिज नहुँदा हलसम्म दर्शक पुगेका छैनन् । नयाँ बर्षको अवसरमा पुष्प र श्रद्धाको रोमान्टिक लभ स्टोरी चलचित्रले दर्शक तान्ने अपेक्षा निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment