Comments Add Comment

आर्यनसँग रोमान्टिक बनिन् उपासना

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् ।

चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि उनीहरुको एकसाथको तस्वीर भने सार्वजजिनक भएको थिएन । तर, आर्यनले उपासनासँगको रोमान्टिक तस्वीर शेयर गर्दै छायांकनका क्रममा रमाइलो भैरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘छायांकनको तेश्रो दिन । फेवातालको छेउमा निकै चिसो भैरहेको छ । तर, हामी छायांकनमा रमाइरहेका छौ ।’ आर्यनले शेयर गरेको तस्वीरमा उनी उपासनासँग अंगालोमा बाँधिएका छन् । प्रविण झाले निर्देशन गरिरहेको यो चलचित्रमा लक्ष्मण रिजाल कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रले उमेर अन्तर भएका यूवा–यूवतीको प्रेमको कथा भन्छ । यो चलचित्रको कथा मनपरेपछि आफूले काम गरेको उपासनाले बताउँदै आएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आर्यनलाई रोमान्टिक नायकको रुपमा चिनिन्छ । उनै, रोमान्टिक नायकसँग उपासनाको जोडी कस्तो सुहाउने हो, यो चलचित्र रिलिज भएपछि मात्र थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment