
२१ माघ, काठमाडौं । कोरोना भाइरसको महामारीपछि क्रमशः पर्यटन क्षेत्र उठ्ने क्रममा रहेको छ । यसको संकेत पर्वतारोहणमा देखिन थालेको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म हिँउदे सिजनमा हिमाल आरोहणका लागि १० आरोहण दलका ४५ जनाले अनुमति लिएका छन् । यसमध्ये ७ जना महिला छन् ।
सामान्यतयाः हिउँदे सिजनमा साना र होँचा हिमाल चढेर सगरमाथा आरोहणका लागि तयारी गर्ने गरिन्छ । विभागका अनुसार हिउँदे सिजनका लागि सगरमाथा आरोहणमा भने कुनै पनि दल इच्छुक देखिएनन् ।
विभागको तथ्यांकअनुसार यो वर्ष ८ हजार मिटर माथिको मनास्लु आरोहण गर्न दुई दलले अनुमति लिएका छन् । मनास्लुका लागि दुई आरोहण दलका १४ सदस्यले अनुमति लिएका हुन् ।
लुजा पीक (५७२६ मि.)चढ्न एक टोलीका तीन सदस्यले अनुमति लिएका छन् । यस सिजनमा जारी भएका अनुमतिबाट सरकारले ८ लाख ९६ हजार ५ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4