Comments Add Comment

युनिग्लोब कलेजमा युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

काठमाडौं नयाँ बानेश्वरस्थि युनिग्लोब कलेज युवा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ्ले कोभिड-१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिए। आर्थिक समृद्धिका लागि युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङको जोड थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै युनिग्लोब कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टले विगत ३ वर्षदेखि नै युवा उद्यमी उत्पादन गर्ने काम गरेको र हाल नेपाल सरकार तथा वित्तीय संस्थाको सहयोग र संलग्नताले युनिग्लोब कलेजका विद्यार्थीलगायतका युवाहरु लाभान्वित हुने बताए।

युवा उद्यमशीलताको सम्भावना र चुनौतिहरु विषयमा आधारित प्लेनरी सेसनमा बैंक तथा बित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यान, महिला उद्यमी महासंघका अध्यक्ष रीता सिंहा, राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा.राम कुमार फुयाल, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र बिजनेश अक्सिजन प्रा.लि.का अध्यक्ष सिद्धान्त राज पाण्डेको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजकर्ता युनिग्लोब कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेले गरेका थिए।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप व्यवसाय गर्न चाहनेका लागि अवसरको खाचो नभएको बताएकी थिइन्। बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष एवं वरिष्ठ उद्यमी पवन गोल्यानले कम्फर्ट जोनमा बसेर समस्या देखाउनुभन्दा नयाँ अवसरहरुको उपयोग गर्न आग्रह गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलताको विकासले मात्रै मुलुक समृधीको बाटोमा अगाडि बढ्ने धारणा राखे।

कार्यक्रममा सफल उद्यमीहरुको सफलताको कथा, अनुभवहरु प्रस्तुत गर्दै सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली र महिला उद्यमी डा. सुमित्रा गुरुङ् मानन्धरले आफ्ना तीता मिठा अनुभव सुनाउदै नयाँ व्यवसाय सुरु गर्न लागेका युवा शक्तिलाई विचलित नभई धैर्यका साथ निरन्तरता दिन अनुरोध गरेका थिए। कार्यक्रममा युनिग्लोब कलेजमा एमबिए अध्ययन गरिरहेका विद्यार्थीहरुले आठ वटा नयाँ व्यावसाय संचालनका लागि प्रस्तावना ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment