Comments Add Comment

संवैधानिक निकायहरुमा भएका नियुक्तिको पौडेलले गरे विरोध

२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गरेका छन् ।

विवादका बीच संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी थिइन् ।

त्यसको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्ताल घोषणा गरेको छ । कांग्रेस नेता पौडेलले पनि उक‍्त नियुक्तिको विरोध गरेका छन् ।

यो सर्वसत्तावाद उन्मुख कदम भएको भन्दै पौडेलले अनलाइनखबरसँग भने, ‘असंवैधानिक अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गरिएको छ, यसको म विरोध गर्छु र प्रतिकार गर्न पार्टी पंक्तिलाई अपील गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment