Comments Add Comment

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

बिहानैदेखि सुनसान बनेको माइतीघर मण्डला ।

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ ।

गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।

हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम्सी भएको हो ।

बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको नेकपा प्रचण्ड-माधव समूहले जनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोट दीपशिखाले सामाखुसीबाट बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड -माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो । यससँगै संसद विघटनविरुद्ध घोषणा गरेका तेस्रो चरणका आन्दोलनका कार्यक्रम भने केही परिवर्तन भएका छन् ।

शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको अर्थ्याइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment