+
+
Shares

सामाखुशीमा ट्याक्सीमा आगजानी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते ८:३३

२२ माघ, काठमाडौँ । सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ–२६ आत्मज्ञानमा हिँडिरहेको सडकमा बिहीबार बिहान साढे ६ बजे ट्याक्सीमा आगजनी भएको हो ।

आगोले जलेर प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्णतः जलेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको बताए । उनका अनुसार ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको छ ।

बिहीबार नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा गरिएको नियुक्तविरुद्ध आमहड्तालको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?