Comments Add Comment

म्यानमारमा फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध

Photo Credit : AFP

२२ माघ, काठमाडौं । म्यानमारको सेनाले बिहीबार फेसबुक तथा अन्य सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । म्यानमारका मानिसहरुका लागि सामाजिक सञ्जाल फेसबुकलगायतका सामाजिक सञ्जाल सञ्चारको महत्वपूर्ण प्लेटफर्मको रुपमा रहँदै आएका छन् । गत सोमबार म्यानमारको सेनाले मुलुकका प्रजातन्त्र पक्षधर नेताहरु तथा सांसदहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।

कू भएपछि म्यानमारका मानिसहरुले फेसबुकमा तस्वीर तथा भिडियोहरु सेयर गरेका थिए । जसको कारण ठूलो संख्यामा मानिसहरु प्रदर्शनमा उत्रिएका थिए । म्यानमारको सञ्चार तथा यातायात मन्त्रालयले यो प्रतिबन्ध फेब्रुअरी ७ सम्म जारी रहने बताएको छ । मन्त्रालयले पछिल्लो समय फेसबुकको प्रयोगले मानिसहरुले मिथ्या समाचार तथा गलत सन्देश प्रवाह भइरहेको दाबी गरेको छ ।

मन्त्रालयले अहिले म्यानमारको स्थायित्व नचाहने मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख्य मात्रामा गलत सन्देश प्रवाह गरिरहेको दाबी गरेको छ । फेसबुकले पनि आफ्नो सेवा म्यानमारमा बन्द भएको पुष्टि गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारको सैन्य कू असफल हुनुपर्ने बताएका थिए । उनले गत नोभेम्बरमा भएको निर्वाचनपछि सेनाले सत्ता आफ्नो हातमा लिनु अस्वीकार्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment