+
+

भाजु पुखुको बीचमा रहेको जलेश्वर मन्दिर शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १३:४८

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ऐतिहासिक पोखरीको चर्चा हुँदा काठमाडौंको रानी पुखु(पोखरी), ललितपुरको न्हुँ पुखु र भक्तपुरको भाजु पुखु गरी तीन वटा रहेका छन् । यही तीन पोखरीमध्ये भक्तपुरको दूधपाटीमा रहेको भाजु पोखरीको बीचमा रहेको जलेश्वर मन्दिरको बिहीबार शिलान्यास गरिएको छ ।

बीचमा रहेको सो मन्दिर शिखर शैलीको रहेको बताइए पनि मन्दिरको ऐतिहासिकता भने यकिन भएको छैन । यद्यपि सो पोखरी भने झण्डै आठ सय वर्ष पुरानो रहेको कुरा भक्तपुर महानगरपालिकाले अध्ययन गरेर निकालेको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले प्रतिवेदन तयार पारी विद्वानहरुसँग यसको ऐतिहासिकताको बारेमा केही वर्ष अघि गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको प्रारम्भिक प्रतिवेदन अध्ययनबाट यो पोखरीको निर्माण १२ औं शताब्दीमा बनेको देखिएको उल्लेख गरेका थिए ।

बिहीबार बिहान भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिसहितको टोलीले पोखरीको बीचमा रहेको मन्दिरको शिलान्यास गरे । नगरपालिकाको प्रारम्भिक अनुसन्धानले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको देखाएको छ । सोही अनुसार अहिले मन्दिर बनाउन लागिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।

मन्दिरको शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नगरपालिकाले हासिल गरेको विशेषता भएको बताउँदै प्रजापतिले ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताए।

नगर क्षेत्रभित्र रहेका सार्वजनिक मठ मन्दिर जीर्णोद्धार र पुनःनिर्माण गरेर मात्र नपुग्ने भन्दै प्रमुख प्रजापतिले त्यस्ता सांस्कृतिक संरचनाहरूको दिगो संरक्षणमा नगरपालिका जुटिरहेको र नपाको कार्यमा स्थानीयवासीहरुको पनि साथ र सहयोग रहँदै आएको बताए ।

प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्या पोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताए । भाज्या पोखरीको अध्ययन अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आउने बताउँदै उनले भक्तपुर नगरपालिकाले भाज्या पोखरीको जीर्णोद्धार एवं मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गरिरहनु सुन्दर पक्ष रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?