Comments Add Comment

बन्दको समर्थन गर्दै कर्णालीका मुख्यमन्त्री सडकमा

२२ माघ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अन्य दुई जना मन्त्री बन्दको समर्थन गर्दै सडकमा आएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै बिहीबार दिउँसो प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगडी चोकमा पुगेका हुन् ।

मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढा सडकमै गएर आम हड्तालप्रति ऐक्यबद्धता जनाएका हुन् ।

मंगलगढी चोकमा पुगेका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसंग कुरा गर्दै ओली सरकारले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आफूहरु पनि सडकमा आउन बाध्य भएको बताए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment